मंसिर ०१, २०८१, शनिबार
               

राजतन्त्र पुनर्स्थापनाको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई सरकारको आग्रह

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आमजनसमुदायलाई आग्रह गरेको छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ ।

यसप्रति सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक प्रणाली, लोकतन्त्र, कानुनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको बताएका छन् ।

उनले राजतन्त्र पक्षको गतिविधिमा सहभागी नभई नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि