मंसिर ०७, २०८१, शुक्रबार
               

हेलीकाेप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएको छ । हेलिकोप्टरमा चिल ठोक्किँदा अग्रभागको सिसा फुटेको छ भने सिसामा चराको सेतो प्वाख अडकिएको देखिन्छ ।

गलकोट नगरपालिका जनप्रतिनिधिसहितकाे टोली काठमाडौंका लागि आउने क्रममा एक्कसी चिल ठोक्किएकाे स्राेतले जनाएकाे छ । यसबारे जिल्ला प्रहरी कार्यलय बाग्लुङले सूचना प्राप्त नभएकाे तर सामाजिक सञ्जालमार्फत जानकारी भएकाे हुँदा खोजबिन थालिएकाे जनाएकाे छ ।

गल्काेट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकका अनुसार कैलाश हेलीकाेप्टरमा चरा ठोक्किँदा गल्कोट-३ का वडाध्यक्ष वीरजंग भण्डारी सामान्य घाइते भएका छन् । उनी अगाडिकाेे सिटमा बसेकाे हुँदा सिसा फुट्दा सामान्य चोट लागेकाे प्रशासकीय अधिकृत विकले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि