असोज ०६, २०८१, आइतबार
               

बलात्कार आरोपित १४ वर्षीय बालकलाई ६ महिना कैद

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
    
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ । 

खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा २०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाएकी उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।
    
इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । 

जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि २०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि