असोज ०६, २०८१, आइतबार
               

जगदम्बा स्टिलको भट्टी पड्किँदा चार जना घाइते, एकको अवस्था गम्भीर

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

फाइल फोटो
ADVERTISEMENT

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रालिको फलाम गलाउने भट्टी पड्किँदा चार जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भीर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज (शनिबार) बिहान पौने १ बजे फलाम गलाउने भट्टी अचानक पड्किँदा कामदारहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह सामान्य घाइते छन् । 

आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि