असोज ०६, २०८१, आइतबार
               

जन्ती बोकेको जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानकारीअनुसार गम्भीर घाइते एक जनाको पनि मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-८ का बासिन्दा हुन् ।

आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो । 

अप्ठेरो बाटो आएपछि युवा उमेरका जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि