असोज ०६, २०८१, आइतबार
               

युवतीलाई यौन सम्बन्ध राख्न लगाउने खाजा घर सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

पोखरा । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

आफ्नो खाजा घरमा खाजा खान आउने पुरुषहरुसँग पैसा लिएर (खाजा घरमा) काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्कमा सम्लग्न गराउने गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका जाल्पा रोडस्थित खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् । 

भुजेललाई गत बिहीबार राति पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका युवकले युवतीहरुलाई खाजा घरमा खाजा नास्ता वितरणको काममा लगाइदिन्छु भनी बोलाएर ल्याई डरधम्की देखाएर खाजाघरमा आएका व्यक्तिसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत पठाई यौन शोषण गरेको भन्ने उजुरीका आधारमा भुजेललाई  पक्राउ गरिएको डिएसपी हमालले बताए ।

भुजेलले होटलमा काम गर्ने बहानामा ल्याएका महिलालाई शारीरिक तथा मानसिक यातना समेत दिने गरेको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । साथै पीडित महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाइएको श्रेष्ठले बताए । 

भुजेलविरुद्ध मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि