असोज ०६, २०८१, आइतबार
               

कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

भारतीय सेनामा कार्यरत एक नेपाली युवाको जम्मु-कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ ।

दाङको तुलसीपुर-९ बेलुवा घर भएका ३० वर्षीय प्रेमबहादुर खत्रीको पाकिस्तानी पक्षले चलाएको गोली लागेर मृत्यु भएको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

उनी भारतीय सेनाको नायक पदमा कार्यरत थिए ।

पाकिस्तानी सीमा नजिकै जम्मु-कश्मीरमा शुक्रबार भएको भिडन्तमा भारतीय सेनामा कार्यरत दुई जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भिडन्तमा नेपाली युवक खत्रीसँगै भारतीय सैनिक जवान सुखवीर सिंहको पनि मृत्यु भएको छ ।

१३ वर्षदेखि भारतीय सेनामा कार्यरत प्रेमबहादुरका आमाबुवा, पत्नी र दुई छोराछोरी छन् ।

प्रेमबहादुरको शव लिन उनका बुवा लालबहादुर शुक्रबारै लखनउतर्फ लागेका छन् ।

यो पनि