असोज ०६, २०८१, आइतबार
               

पाथीभरा मन्दिर पूजा गरेपछि सावित्राको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई मृत्यु भएको हो ।

मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उनलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए ।

३० वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आएका थिए । 

अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उनलाई सदरमुकामतिर ल्याइएको थियो ।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले  बताए । 

चिसोका कारण उनको मृत्यु भएको हुन सक्ने बताएएको छ ।


कस्तो लाग्यो ?

यो पनि