असोज ०६, २०८१, आइतबार
               

मुगुका पाँच घरमा आगलागी, ३० लाखको क्षति

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । मुगुका पाँच घरमा आगलागी भएको छ । जिल्लाको खत्याड गाउँपालिका–३ रोलगाउँका पाँच घरमा आगलागीबाट क्षति भएको बताइएको छ । 

बिहीबार दिउँसो भएको उक्त आगलागीबाट हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

श्रीकोट प्रहरी चौकीका प्रहरी, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागी करिब ३० लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक विकले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि