असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका गतिविधी तथा प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशभर चिसो बढेसँगै अधिकांश स्थानमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । साथै, बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, राती प्रदेश १ मा आंशिक बदलि रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि