असोज ०६, २०८१, आइतबार
               

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । 

३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई पक्रमउ गरिएको हो ।

मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो । 

पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि