असोज ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीले भने- 'अब कसैले एक्लो र अनाथ महसुस गर्नु पर्दैन' (भिडियो)

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशका कुनै पनि नागरिकलाई एक्लो महशुस हुन नदिने बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज (बिहीबार) बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने दाबी गरेका हुन् । 

सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ ।

‘अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हो,’ सन्देशमा ओलीले भनेका छन् । 

‘कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन । सहारा छैन भन्नुपर्दैन । सरकार छ । राज्य छ ।’

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको चर्चा गर्दै समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको बताए ।

हेर्नुहोस् भिडियो सन्देशः 

 


कस्तो लाग्यो ?

यो पनि