असोज ०६, २०८१, आइतबार
               

त्रिशूलीमा खसेको जिपबाट दुई जनाको शव निकालियो, बालिकाको खोजी जारी

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

चितवन । मुग्लिननजिक त्रिशूली नदीमा जिप खस्दा बेपत्ता तीन जनामध्ये दुई जनाको शव निकालिएको छ ।

आज (बिहीबार) बिहान जिप त्रिशूली नदीमा खसेको थियो ।

घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङका अनुसार यात्रु महिला र जिप चालकको शव निकालिएको हो ।

दुर्घटनामा बेपत्ता बालिकाको खोजी भइरहेको उनले बताए ।

चालक र यात्रु महिलाको शव गाडीभित्रै भेटिएको एसपी गुरुङले जानकारी दिए । ती महिलाकी ११ वर्षीया छोरीको खोजी भइरहेको उनले बताए ।

प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका थिए ।

तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र जिप चालक सूर्य केसीको शव भेटिएको हो । 


कस्तो लाग्यो ?

यो पनि