बैशाख १७, २०८१, सोमबार
               

गोली लागेर छटपटाइरहेका एक पुरुष जङ्गलमा भेटिए

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौँ । गोली लागेर छटपटाइरहेका एक पुरुष दाङको जङ्गलमा वेवारिसे अवस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटी निवासी ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर छटपटाइरहेको बेला वेवारिसे अवस्थामा जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुष जिल्लाको लमही नगरपालिका–९ च्याउ खोलाको जंगलमा गोली लागेर गम्भीर घाइते भएका अवस्थामा भेटिएका हुन् । घाइते ती पौडेलको ढाडमा ३ वटा र दाहिदे खुट्टाको तिघ्रामा २ वटा गोली लागेको प्रहरीको भनाइ छ ।

कसले के कारण पौडेलमाथि गोली हानेको भन्ने विषयमा पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते पौडेललाई नेपालगञ्ज नरसिंह होममा उपचारको लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि