असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : पहाडी जिल्लामा हिमपमतको सम्भावना

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट बुधबारभन्दा केही फरक भएको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदलि र बाँकी भू–भागमा  आंशिक बदलि रहनेछ । साथै, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राती पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलि र बाँकी भू–आंशिक बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि