असोज ०६, २०८१, आइतबार
               

जनकपुर र पोखरामा राजावादीको शक्ति प्रदर्शन (तस्बिरसहित)

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

जनकपुर र पोखरामा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । 

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै  बुधबार नेपाल राष्ट्रवादी समूहले शक्ति प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्रवादी समूहले जनकपुरमा निकालेको र्‍याली

राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरुले जनकपुरको रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडि, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यसैबीच कास्कीको पोखरामा पनि राजसंस्थाको समर्थनमा राष्ट्रवादी समूहले मोटर साइकल र्‍याली निकालेका छन् ।

पूर्व राजा रानीको तस्वीर अंकित ब्यानरसहित र्‍यालीमा सहभागी भएका उनीहरुले राजसंस्थाको समर्थनमा नारा लगाएका थिए ।

पोखराको अमरसिंह चोकबाट सुरु भएको र्‍याली चिप्लेढुंगामा आएर सभामा परिणत भएको थियो ।

र्‍यालीमा देशमा राजा चाहियो भन्ने साधु–सन्त र शीरमा ढाकाटोपी लगाउने पुस्ताहरुको उल्लेख्य सहभागी थियो ।

र्‍यालीमा सहभागी अधिकांशले ज्ञानेन्द्र शाहको फोटो आफ्नो मोटरसाइकलमा टाँसेका थिए भने छातीमा राजा आऊ, देश बचाऊ लेख्नेहरु पनि उल्लेख्य थिए ।

जुलुस राष्ट्रवादी पश्चिमाञ्चलबासीले आयोजना गरेको भए पनि शिवसेना नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले यसको व्यवस्थापन गरेका थिए ।

यो पनि