असोज ०६, २०८१, आइतबार
               

बेपत्ता डिएसपी युवतीसँग होटलमा भेटिएपछि...

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

धनगढी । मंगलबार रातिदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन् ।

मंगलबार राति डयुटीबाटै (९ बजेदेखि) सम्पर्कबिहीन भएका डिएसपी चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका स्रोतले बतायो ।

रातिको समयमा ड्युटीमै रहेका डिएसपी सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा प्रहरी परिचालन गरी खोजी गरेको थियो ।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने डिएसपी चौधरी आफैँ सम्पर्कमा आएको बताएको छ ।

कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले डिएसपी चौधरी बुधबार बिहान गोदावरी नगरपालिकाबाट सम्पर्कमा आएको बताए ।

'उहाँ ड्युटीमै रहेको र नेटवर्कका कारण उहासँग सम्पर्क हुन नसकेको' प्रवक्ता सिंहले जानकारी दिए । डिएसपी चौधरी सूचना संकलन गर्ने क्रममा त्यहाँ गएको सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रवक्ता सिंहका अनुसार डिएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ । थप कुरा अनुसन्धानपछि थाहा हुने उनले बताए ।

यो पनि