असोज ०६, २०८१, आइतबार
               

कतार पुलिस छनौट प्रक्रियामा हाम्रो संलग्नता छैन : राजदूतावास

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको दूतावासले जनाएको छ । 

कतार दूतावासले एक विज्ञप्ति जारी गर्दै 'कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको' स्पष्ट पारेको हो ।

‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि साँच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता छैन’, विज्ञप्तिमा लेखिएको छ ।

यसअघि हिजो (मंगलबार) वैदेशिक रोजगार विभागको टोलीले होप इन्टरनेशनल, डिडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारेको थियो । जहाँ कतारको पुलिसमा भर्ना हुन इच्छुक नेपालीहरुको अन्तवार्ता लिने काम भइरहेको विभागले जनाएको छ ।

लाजिम्पाटमा रहेको होप इन्टरनेशनल म्यानपावर कम्पनी परिसरमा ४५-सिडी-००९ नम्बरको विदेशी कूटनीतिक नियोगको गाडी समेत फेला परेको थियो । सो गाडी नेपालस्थित कतार दूतावासको रहेको विभागले जनाएको छ ।

यो पनि