असोज ०६, २०८१, आइतबार
               

बानेश्वर नजिकै दुर्घटना : टिपर, कार र बस ठोक्किए

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौंको नयाँबानेश्वर-शान्तिनगर खण्डमा दुर्घटना भएको छ । बस, टिपर र कार आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

गएराति साढे १० बजे तिर बानेश्वर चोकबाट करिब दुई सय मिटर पर शान्तिनगर नजिक भएको दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् ।

नयाँबानेश्वरबाट तिनकुनेतर्फ गइरहेको बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक विपरीत दिशाबाट आइरहेको बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक दोलखाको साविक शैलुंगेश्वर गाविसका ३२ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कार चालक धुलिखेल बस्ने विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् । बस चालक फरार छन् । बसमा यात्रुहरु भने थिएनन् ।


कस्तो लाग्यो ?

यो पनि