असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका पहाडी भू–भाग र अन्य विभिन्न शहरी क्षेत्रमा चिसो बढेको छ ।

त्यस्तै, दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी राती पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक वदली रहनेछ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशको पहाडी भु–भागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि