असोज ०६, २०८१, आइतबार
               

कोरोना बीमितकाे १५ प्रतिशत पिसिआर नै नक्कली !

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्नेको संख्या बढेपछि  बीमा कम्पनीले  बीमितहरूले बुझाएको पिसिआर रिपोर्ट हेर्दा १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको प्रमाणीकरणको क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता प्रमाणि हुन नसकेको हो ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीका अनुसार बीमा पुलमार्फत प्राप्त भएका ५३० वटा पिसिआर रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता पुष्टि हुन नसकेको जानकारी दिए । टेकुस्थित जनस्वास्थ्य महाशाखाले बीमा पुलबाट प्राप्त पिसिआर रिपोर्ट र सोही निकायबाट अनुमति लिई पिसिआर जाँच गर्दै आएका ल्यावबाट प्राप्त विवरण प्रमाणिकरण गर्दै आएको छ ।

बीमा समितिले महाशाखाबाट प्रमाणित हुन नसकेका पिसिआर रिपोर्टहरूको बीमा दावी भुक्तानी गर्न नसकिने जनाएको छ । कोरोना बीमा दावी बापत एक लाख रुपैयाँ पाइने भएपछि कोरोना बीमा गरेका बीमितहरूले पैसा तिरेर नक्कली कोरोना रिपोर्ट बनाउने क्रम ह्वात्तै बढेको छ । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालबाट नक्क्ली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका थिए । 

नेपाल बीमा संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले नक्कली कोरोना पोजेटिभ रिपोर्ट माथि छानविन गर्ने र कारवाही गर्ने दायित्व सरकारको भएको बताए । 

यो पनि