असोज ०६, २०८१, आइतबार
               

बैतडी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

बैतडीमा आज (मंगलबार) दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ ।

झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन् ।

यस्तै रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट दुर्घटनामा परी घाइते भएका छन् । भारतीय पेन्सनधारी नेपाली नागरिक सवार जिप मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।

जिपमा रहेकाहरु भारतमा पेन्सन बुझेर घर फर्किएकाहरु रहेको प्रहरीले जनाएको छ ।

यस अघि २७ कार्तिकको राति बैतडीको पाटन नगरपालिका–४ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस दुर्घटना भएको थियो । सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि