असोज ०६, २०८१, आइतबार
               

बैतडीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने दुई बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार, दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

जिपमा रहेकाहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेकाहरु रहेको प्रहरीले जनाएको छ ।

घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक फरार छन् ।

यस अघि २७ कार्तिकको राति बैतडीको पाटन नगरपालिका–४ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस दुर्घटना भएको थियो । सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि