असोज ०६, २०८१, आइतबार
               

पाल्पामा जिप दुर्घटना, दुई जना घाइते

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

पाल्पामा गएराति भएको जिप दुर्घनामा दुई जना घाईते भएका छन् । 

रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा जिप दुर्घटना भएको हो ।

गोरङचेबाट झोकेदीमा मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिब १०० मिटर तल खस्दा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ का जिप चालक ४५ बर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ बर्षीय दिपबहादुर सिञ्जाली रहेको पाल्पाका प्रहरी प्रबक्ता (डिएसपी) मदन गिरिले जानकारी दिए । 

डिएसपी गिरीका अनुसार घाईते दुबै जनाको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि