बैशाख २१, २०८१, शुक्रबार
               

आजबाट कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौ । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा लामो समयपछि आजबाट सुरु हुँदै छ । यस परीक्षामा करिव ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह पनि गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । 

विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीहरुका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको बताइएको छ भने यस परीक्षा आगामी मंसिर १६ मा समाप्त हुनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णांकको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोनाका कारण रोकिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि