काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसोको कहर भएको छ भने पहाडी भू–भागमा हिमपातको समेत सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको भू–भागमा सामान्यदेखि आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । साथै, देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने बताइएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । यसैगरी राती पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली र तराइको भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा समेत आंशिक बदली रहनेछ ।
त्यस्तै, देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।