असोज ०६, २०८१, आइतबार
               

भोकै परेकालाई खानासँगै न्यानो लुगा पनि

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९का कारण रोजगारी गुमाएपछि भोकै परेकाहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सोमबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसलाई हाम्रो टिम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको छ । ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टिम नेपालले बताएको छ ।

न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुशी भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टिम नेपालप्रति खुशी व्यक्त गरेका हुन् ।

हाम्रो टिम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताए ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यसअघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौँ महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते यता थापाथली स्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि