असोज ०६, २०८१, आइतबार
               

स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले ‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ ।

स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र अवस्था सुधार्न सहयोग समेत संकलन सुरु भएको हो ।

विद्यालयको लागि एकै दिन १५ लाख रुपैयाँ संकलन भएको छ । उक्त अभियानमा यती बिल्डर्सले ५ लाख नगद सहयोग गरेको छ । टिकाराम केसी र बमबहादुर ओलीले एक लाख नगद सहयोग गरेका छन् । महेन्द्र कुसारीले ७५, खड्कबहादुर केसी र प्रेमराज केसीले ५०–५० हजार नगद सहयोग गरेका छन् । 

यसैगरी गोर्खबहादुर केसीले ४०, महानराज ओली,कल्पना डाँगी, लक्ष्मीराज केसी, लक्ष्मी खड्का ओली र ध्रुवराज केसीले ३०–३० हजार, नवराज केसीले २८ हजार ५ सय, खड्कबहादुर केसीले २७ हजार,देवबहादुर केसीले २६ हजार, एकराज केसी, धनराज ओली, विर्खे खत्री, खड्कबहादुर खत्री, शक्तिराज केसीले २५–२५ हजार नगद सहयोग गरेका छन् भने जनचेतना स्वास्थ्य आमा समूहले २० हजार ५ सहयोग गरेको छ ।

यस्तै, अन्य धेरै स्थानीयले पनि अभियानका लागि नगद योगदान गरेको  ‘म बनाउँछु मेरो गाउँ,’ अभियानका अभियान्ता भीमराज केसीले जानकारी दिए । 

यो पनि