असोज ०६, २०८१, आइतबार
               

जाडोमा फेसको सुन्दरता बढाउन प्रयोग गर्नु घरेलु उपाय

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । क्रमिक रुपमा जाडो बढ्दो छ । जाडोयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । के जाडोसमयमा तपाईको अनुहारमा कालो दाग,अनुहार फुस्रो चायाँ आएर हैरानी हुनुभएको छ ? 

कतिपयले अनुहारको कालो दाग चायाँ हटाउनका लागि धेरै किसीमका क्रिम प्रयोग गरेका हुन्छन् । त्यस्ता क्रिमले तपाईंको छालालाई केही सयम त राम्रो र चम्किलो देखाउला, तर पछि छाला बिगार्न र थप क्षति पुर्‍याउन सक्छ । त्यसैले छालामा प्राकृतिक सुन्दरता बढाउनका लागि भान्सामा पाइने विभिन्न प्राकृतिक औषधिहरु प्रयोग गर्नुपर्छ । 

कसरी बनाउने मास्क ? 

घरमा ‘फेस मास्क’ बनाउनका लागि भान्साको सामाग्री प्रयोग गर्न सकिन्छ । जस्तै, सागसब्जी, फलफूल प्रयोग गर्न सकिन्छ । फेस मास्क बनाउनका लागि फ्लोरल पानीको प्रयोग गर्न सकिन्छ । 

छाला तिन किसिमका हुन्छन्(सुख्खा छाला, तौलीय छाला,चिल्लो छाला)
सुख्खा छालाको लागि,अण्डा र गौँको पिठो, केरा र महको प्याक बनाउने
तैलीय छालाको लागि,कलौँजीसँग घिउकुमारी(एलोभेरा)को प्याक बनाउने
चिल्लो छालाको लागि, नीम र तुलसी को प्याक बनाउने

घ्यूकुमारी(एलोभेरा) मा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।

केरा, मौसम, गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ।

काँक्रोको पेस्ट, मुल्तानी मिट्टी र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।

अण्डाको सेतो भागमा मह मिसाएर पेस्ट बनाउने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।

लैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण र घामका कारण अनुहारमा पर्ने असरलाई दहीको नियमित प्रयोगले दागलाई हटाउन सकिन्छ । दहिलाई कचौरामा राखि औलाको सहाराले मथ्नुहोस् र अनुहारमा लगाएर २० मिनेटमा सफा गर्नुहोस् । यो प्रक्रिया हप्ताको १ वा २ पटक गर्नुहोस् ।

तर अनुहारको छालाको रंगले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा दर्शाउँछ । तसर्थ अनुहारमा फरक किसीमका दागधब्बा आएमा वा दोहोरीएर देखिरहेको अवस्थामा चिकित्सकसँग सल्लाह लिनुहोस् ।

नियमित पर्याप्त पानी पिउने, सकारात्मक सोँच राख्ने, उर्जाशिल बन्ने, अरुलाई सेवा गर्ने, परोपकारी भाव, दान धर्म गर्नाले पनि  जस्ता आनीबानीले पनि अनुहारमा खुसी र चमक दिन्छ ।

यो पनि