असोज ०६, २०८१, आइतबार
               

माघसम्म सुपथ मूल्य पसल सञ्चालन हुने

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । चाडपर्व लक्षित  सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएका छन् ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुनेछन् । त्यसैगरी कम्पनीले काठमाडौं उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको जनाएको छ । 

‘चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको हो, सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन हुँदैन’, कम्पनीले भनेको छ, ‘सरकारले दिएको छुटबाहेक कर्पोरेशनले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बाह्रै महिना पसल सञ्चालन गर्दै आएको छ ।’

सरकारले तोकेअनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म १८ मा नुन, ७० मा चिनी, ८७० मा घ्यू तथा प्रतिकिलो पाँच छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्रीवितरण गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि