बैशाख २४, २०८१, सोमबार
               

जिप दुर्घटनामा एक वर्षीय छोरा र आमाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो ।  

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जिप दुर्घटना भएको हो ।  

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको हो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

यो पनि