काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका विभिन्न क्षेत्रमा चिसो भढेको छ ।
त्यस्तै, दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । साथै, देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने बताइएको छ ।
त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी राती पनि सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।
साथै, देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।