असोज ०६, २०८१, आइतबार
               

कृषि विकास कार्यालयमा राखिएको बम सेनाद्वारा निष्क्रिय

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

हुम्ला । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । 
    
सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा  बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो । 

ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि