जेठ ०८, २०८१, मंगलबार
               

बलात्कारविरुद्धको कानुन थप कडा

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारविरुद्धको कानुन थप कडा बन्ने भएको छ । 

त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरको एक मन्त्रीले जानकारी दिए । 

आइतबारको बैठकबाट पारित उक्त अध्यादेश आइतबारै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ ।

केही दिन पहिला कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो । 

मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था छ ।

त्यस्तै १४ माथि र १६ मनिकालाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ । १६ देखि १८ सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ । 

त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ । बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि