जेठ ०४, २०८१, शुक्रबार
               

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

 उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । 

अज्ञात समूहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको छ भने अर्को बम कार्यालयको गेट अगाडि रहेको प्रहरीले जनाएको छ । विस्फोट भएको बमले गाउँपालिका कार्यालयमा ठूलो क्षति भएको पालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए । बम विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायत सामानमा क्षति भएको थापाले बताए । 

यस्तै, गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले जनाकारी दिए ।

बम विस्फोटको कसैले जिम्मा नलिएकोले र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि