असोज ०६, २०८१, आइतबार
               

जुवाको खालबाट मोरङमा नेतासहित १६ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले मोरङमा जुवाको खालबाट नेतासहित १६ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।

एक घरमा सबै जम्मा भइ जुवा खेलिरहेको समयमा प्रहरीले उक्त घरलाई घेरा हाली १ लाख ६९ हजार ६९५ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा व्यपारीदेखि नेता कार्याकर्तासमेत रहेको प्रहरीको भनाइ छ ।

जुवा खेल्न विभिन्न ठाउँबाट पुगेका दुई वटा कार र १९ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले एक बुक तास र १६ थान कौडा बरामद गरेको छ भने विभिन्न कम्पनीका १७ थान मोटरसाइकल, को १ च ७३३८ नम्बरका टाटाको कार र बा १४ च २७०३ हुण्डाई कार नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वषीैय डिल्लीराम चौलागाँई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद पौडेल, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई र ४० वर्षी नारायण चुडाल, ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर बर्तौला, ४५ वर्षीय दिपक ढुंगाना, ४५ वर्षीय योगराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता मगर, ४५ वर्षीयगोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र २२ वर्षीय गणेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र कानूनअनुसार कारवाही हुने प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि