असोज ०६, २०८१, आइतबार
               

पहिलो पटक सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।

प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार क्यामेराको प्रयोगले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीको  गतिविधिमाथि पनि निगरानी हुनेछ ।

‘सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ’, उनले भने, ‘प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।’

शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा क्यामेराको प्रयोग गरिए पनि जिल्लाभरका युनिटसम्म पुर्‍याउने योजना रहेको उनले बताए ।

क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो ।

‘हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ’, प्रवक्ता थापाले भने, ‘ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।’

सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ ।

प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ ।

दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ ।

‘पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो’, थापाले भने, ‘ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।’


कस्तो लाग्यो ?

यो पनि