असोज ०६, २०८१, आइतबार
               

जुवा खालबाट १६ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

मोरङ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले तास तथा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका-८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको अवस्थाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेका छन् । 

विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । 

उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको छ ।


कस्तो लाग्यो ?

यो पनि