असोज ०६, २०८१, आइतबार
               

चाइना गो ब्याक भन्दै माइतीघरमा प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । चाइना गो ब्याक भन्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपालको भूमि मिच्न पाइँदैन  भन्नेलगायत प्लेकार्ड बोकी युवाहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् । 

सत्तरुढ दल नेकपमा आन्तरिक विवाद चर्किरहेका बेला भएको चाइनिज राजदूतको सक्रियता र नेपालको भूमिमा चीननले भवन बनाएको भनी विवाद चर्किरहेका बेला चाइनिज विस्तारवाद मुर्दावाद भन्दै युवाले प्रदर्शन गरेका हुन् । 

उनीहरुले चाइना विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप बन्द गर, चाइना गो ब्याक, भूमि मिच्न पाइँदैन भन्ने प्लेकार्ड बोकेका छन् । 

नेपाल-भारत सीमा विवाद चर्किरहेका बेला चाइनाले पनि नेपालको भूभाग मिची भवन बनाएको भन्दै चाइनाको विरोध हुँदै आएको छ । 

प्रदर्शनमा उत्रिएकाहरुले नेपालको भूभाग हडपेको आरोप लगाएका छन् । यसका अलवा नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको उनीहरुको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि