असोज ०६, २०८१, आइतबार
               

विवाद सल्ट्याउन डोल्पा पुग्यो संसदीय टोली

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

डोल्पा । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति सहितको संसदीय टोली डोल्पा पुगेको छ । 

समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका पदाधिकारीहरू भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीसहितको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो । 

संसदीय टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका विभिन्न गाउँबस्तीमा बसोबास गर्ने स्थानीयसँग निकुञ्ज संरक्षण विषयमा गहिरो छलफल गर्नुका साथै नागरिकका समस्या बुझ्ने जनाइएको छ ।

'निकुञ्जको कोर क्षेत्रमा मात्रै २४ वटा गाउँबस्ती छन्, एकातिर स्थानीयका आवश्यकता छन्, अर्कोतिर विकास निर्माणका कुरा छन्, निकुञ्जको ऐन कानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नु पुर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ,' निकुञ्जमा निमित्त संरक्षण अधिकृत सरोजमणी पौडेलले भने ।

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन-कानून निर्माण गर्ने कि भएको कानूनलाई थप कडाई गर्न सघाउने, त्यो कुराहरूका विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाई छ। उप–समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का,रिग्मो गाँउ र सदरमुकाम दुनैमा बृहत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

निकुञ्ज क्षेत्रभित्र पाईने बहुमूल्य जडिबुटीहरूको उपभोग डोल्पाका नागरिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुनुका साथै डोल्पाका नागरिकको आयस्तरमा समेत बृद्धि हुने निकुञ्जको विश्वास छ ।

यो पनि