जेठ ०५, २०८१, शनिबार
               

शिवम् सिमेन्ट उद्योगमा आगलागी

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिका-१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको जानकारी दिए ।

स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि