बैशाख २१, २०८१, शुक्रबार
               

रोटरी क्लबद्वारा सय विद्यालयलाई थर्मोगन उपहार

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड १९ लाई मध्यनजर राख्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । 

विद्यार्थी तथा शिक्षक र कर्मचारीको दैनिक तापक्रम नाप्नको लागि सहयोग होस भन्ने उद्देश्यले प्रतिस्कुल एउटा थर्मोगन वितरण गरेको रोटरी क्लब अफ डिल्लीबजारका सदस्य प्रेम ओलीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले सरकारले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिनले सबैको स्वास्थ्य जाँच गर्न सहयोग पुग्ने कुरा बताए ।

पद्मकन्या हाई स्कुल डिल्लीबजारमा आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २९का वडा अध्यक्षको उपस्थितिमा वितरण गरिएको थियो भने सो कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सन्जय चौधरीले गरेका थिए ।

उपस्थित सबैले मास्क लगाएर सामाजिक दूरी कायम गरी कार्यक्रम अघि बढाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि