जेठ ०६, २०८१, आइतबार
               

२ श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमती लिएर भागे वडाध्यक्ष

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

सल्यान । सल्यानकाे एक नगरपालिकाका वडाध्यक्षले तेस्राे श्रीमतीकाे रुपमा अर्काे श्रीमती भगाएर फरार भएका छन्  । 

वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईले अर्कैकी पत्नी लिएर भागेका छन् । वडाध्यक्ष कुमाईले गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । वडाध्यक्षसँग दुई पत्नी हुँदाहुँदै फेरि अर्काकाे श्रीमती भगाएकाे प्रहरीले जनाएकाे छ । 

दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएकाे छ ।  । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी छन् । साथै  दोस्रो श्रीमतीबाछ दुई छोरा छन् ।


कस्तो लाग्यो ?

यो पनि