जेठ ०६, २०८१, आइतबार
               

त्रिविको एमबिएस परीक्षा २९ मंसिरदेखि सञ्चालन हुने

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबिएस (मास्टर्स अफ बिजनेस स्टडिज) दोस्रो र चौथो सेमेस्टरको परीक्षा आगामी मंसिर २९ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि व्यवस्थापन संकाय, डिनको कार्यालयले बिहीबार परीक्षा तालिका सार्वजनिक गर्दै कोभिड–१९ का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । 

परीक्षा केन्द्रबारे भने पछि जानकारी दिने त्रिविले जनाएको छ । तालिकाअनुसार परीक्षा १ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने छ ।

त्यस्तै, त्रिविले एमपिए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) दोस्रो सत्रको स्थगित दुईवटा विषयको परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।


कस्तो लाग्यो ?

यो पनि