जेठ ०२, २०८१, बुधबार
               

विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ जारी,विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी सरकारले सो कार्यढाचा जारी गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको कार्यढाचा तथा कार्यविधिमा विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिने उल्लेख छ ।  

मन्त्रालयका अनुसार विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचामा व्यवस्था गरिएको छ । 

कार्य ढाँचामा विद्यालयको जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको आङ्कलन समीक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने उल्लेख छ । 

त्यसको कार्यान्वयनको अनुगमन समेत स्थानीय तह आफैले गर्नसक्ने शर्माले बताए । कुन विद्यालय कहिले खोल्ने भन्दा पनि कुन–कुन अवस्थामा विद्यालय खोल्न सकिन्छ र कुन अवस्था भयो भने विद्यालय बन्द गर्नुपर्छ भन्ने कुरा कार्यढाँचामा स्पष्ट पारिएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को गत चैत ५ गतेको निर्णयले देशैभरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । यो अवस्थामा कतिपय विद्यालयहरुले अनलाइन माध्यमबाट अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् । तर सबै विद्यार्थीहरुको पहुँचमा अनलाइन प्रणाली पुग्न सकेको छैन् ।

कार्यढाँचा जारी भएपछि भने अबदेखि जोखिम मूल्याङ्कन गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न दिन पाउने भएका छन् ।

यो पनि