असोज ०६, २०८१, आइतबार
               

अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

पर्वत । अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मृत्यु हुने बालिका पुतलीबजार नगरपालिका–१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रे हुन् ।

सोमबार बिहान सवा १० बजेको समयमा भाइलाई टीका लगाउनको लागि माथिल्लो घरबाट तल्लो घरमा जाँदै गर्दा उनलाई धेरै सङ्ख्याका अरिङ्गालले टोकेका थिए । बिहानको समयमा सिमसिम वर्षा भएको र हावा चलेका कारण कालो अरिङ्गाल रुखबाट उडेको र त्यही समयमा कालो कपाल देखेका कारण टोकेको उनको अनुमान छ ।

 ‘यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि पोखरा पठाएका थियौँ । हिजो साँझ दुःखद खबर आयो ।’ मृतक अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी हुन् ।

अरिङ्गालको टोकाइबाट उनकै साथमा रहेकी बहिनी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको पनि प्रहरी उपरीक्षक बोगटीले बताए ।

सोमबार नै आँधीखोला गाउँपालिकाकी एक बालिकालाई पनि अरिङ्गालले टोकेको थियो । उनको पनि अवस्था सामान्य रहेको छ भने जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि