असोज ०६, २०८१, आइतबार
               

विष सेवन गरेकी मनिताको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् ।

मायादेवी गाउँपालिका–१ दुबियाकी २२ वर्षीया मनिता यादवले  सल्फास नामक विषादी सेवन गरेर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी मनिताको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

मनिताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए । 

घटनाको प्रकृति हेर्दा विष खाएको देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि