मंसिर ०७, २०८१, शुक्रबार
               

मखमली फूल स्वास्थ्यका लागि लाभदायक

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

तिहारमा लगाइने मखमली सांस्कृतिक महत्व बोकेको फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवशरमा दिदिबहिनीले दाजुभाइको लामो आयसको कामना गरी लागाइदिन्छन् । 

संस्कृतमा रक्त मल्लिका भनिने मखमली फूूल हेर्दा पनि सुन्दर हुन्छ । सेता र गाढा कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटिकामा विशेष मानिन्छ ।

अमारान्थीसिया परिवारको करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने बेला ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पेफेना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्प फेना सेलोस्वाइड्स भनिन्छ । सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाई मात्र दसैँ फूल मान्नुपर्छ ।

स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको त्यस्तै सिङ्गै उमालेर चियाको रुपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फलावरका रुपमा महिनौँ ताजा टिकाउन सकिन्छ ।  


कस्तो लाग्यो ?

यो पनि