असोज ०६, २०८१, आइतबार
               

पटका पड्काउने ४१ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

विराटनगर । मोरङ प्रहरीले पटका पड्काउने ४१ जनालाई नियन्त्रणमा लिएको छ । 

शनिबार साँझ मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि  पटका किक्रीवितरण, ओसारपसार एवम पड्काउन निरुत्साहित गरिरहेको अवस्थामा पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको डिएसपी राईले बताए । 

यसैबीच प्रहरीले विराटनगर ३ भट्टा चौकबाट पटका बिक्रीवितरण गर्दै आएका एक जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।

सप्तरी छपकी–४ राजविराजका ३५ राधेश्याम साहले किराना पसलमा पटका बिक्री गरिरहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले साहसँगै उनको किराना पसलबाट चकलेट बम पाँच प्याकेट, झिरझिरे पाँच प्याकेट, फुलझरी १२ थान, चक्रे सात पिस र खोर्सानी बम ३८ प्याकेट नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि