नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए ।
डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उउनी वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए ।
उनले प्रजातन्त्र स्थापना र पुनःस्थापानका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनका तीन छोरा र श्रीमति छन् ।
स्वर्गीय उपाध्यायको आजै कैलालीको कर्णाली नदी घाटमा आज अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिमा काँग्रेस नेता-कार्यकर्ताको उपस्थिति थियो ।